आज विश्व वातावरण दिवस

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० जेष्ठ २२, सोमबार (११ महिना अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

जेठ २२,काठमाडौँ । आज विश्व वातावरण दिवस । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ ।

प्लाष्टिक प्रदूषणले विश्वमा असर परिरहेको भन्दै यसपालि प्लाष्टिकको प्रयोगलाई रोकथाम गर्न प्ररित गर्ने उद्देश्यले दिवसको नारा तय गरिएको हो । प्लाष्टिक प्रदूषण रोकथाम गर्न भन्दै नेपालले २०७२ सालदेखि नै ४० माइक्रोन भन्दा पातला प्लाष्टिकको प्रयोगमा रोक लगाएको छ । तर, यो कार्यान्वयन भने हुन सकेको छैन ।

नेपालको संविधानमा हरेक नागरिकलाई स्वच्छ वातावरणको मौलिक हकको प्रत्याभूत गर्नुको साथै पीडित पक्षले कानुनबमोजिम क्षतिपूर्ति पाउने व्यवस्था छ ।

संविधानले स्वच्छ वातावरण मौलिक हकमा राखे पनि नागरिक स्वच्छ वातावरणबाट वञ्चित छन्। बढ्दो वातावरण प्रदूषणले मानव स्वास्थ्य मात्र होइन सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा समेत गम्भीर असर परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस