आजको शेयर बजार : नेप्से सामान्य अंकले बढ्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ २४, बुधबार (११ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ २४, काठमाडौँ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार बढेको छ । बुधबार नेप्से परिसूचक ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३८ अंकले बढेर ३६५.४७ बिन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा कूल २६१ कम्पनीको ६५ लाख ४१ हजार ३८८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब ३६ करोड ८८ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।

त्यस्तै, कारोबारको आधारमा सोल्टी होटल अग्रिम स्थानमा छ। यसको आज १० करोड १३ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा आइजिआइ शिभम् सिमेन्ट र नागरिक लगानी कोषको कारोबार भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस