नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुरका तर्फबाट आज वहश हुने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २६, शुक्रबार (११ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

जेठ २६, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीको तर्फबाट बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा भइरहेको थुनछेक बहसमा आज सांसद रायमाझीको तर्फबाट बहस हुन लागेको हो ।

आइतबारबाट सुरु भएको थुनछेक बहसमा मंगलबारसम्म आठ सरकारी वकिलले बहस गरेका थिए। उनीहरूले प्रत्येक प्रतिवादीलाई पूर्पक्षका लागि थुनामा राख्नु पर्ने माग गर्दै बहस गरेका छन् । उनीहरूको बहस सकिएसँगै बुधवारबाट अभियुक्तहरूको बहस सुरु भएको हो। अभियुक्तहरूको तर्फबाट आज थुनछेक बहसको तेस्रो दिन हो ।

हालसम्म ६ अभियुक्तको तर्फबाट बहस सकिएको छ। थुनछेक बहस सकिएपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले प्रतिवादीहरुलाई धरौटी तथा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस