प्रतिनिधिसभाको बैठक आज पनि बस्दै, अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २८, आईतबार (११ महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद भवन बानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक बिहान ११ः०० बजे बोलाइएको छ।
आजको बैठकमा आर्थिक बर्ष २०८०र८१ को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि छलफलका साथै सांसदहरुले उठाएका प्रश्नहरुको अर्थमन्त्री प्रकाश शरण महतले जवाफ दिने कार्यक्रम छ ।

सत्तारुढ दलका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक बर्षको बजेट सकारात्मक रहेको जनाएका छन् भने प्रतिपक्षी सांसदहरुले बजेटको कार्यान्वयनका बारेमा प्रश्न उठाएका छन् । सत्तारुढ दलका सांसदहरु बजेटले पुँजीगत खर्च बढाउने र अनुत्पादक खर्चलाई घटाउने प्रयत्न गरेको बताएका छन् ।

उनीहरूले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनको अनुगमनको प्रभावकारिता बढाउने बिषय सकारात्मक रहेको जिकिर गर्दै २० वटा सरकारी निकायलाई खारेजी तथा गाभ्ने सरकारको निर्णय स्वागतयोग्य रहेको उनीहरूको भनाइ छ ।

प्रतिपक्ष सांसदहरूले सार्वजनिक खरिद ऐन बनाउँदा कुनै ठेकेदारलाई लाभ पुग्ने गरी बनाइएको बताएका छन् । वीरगञ्ज(काठमाडौँ र रसुवा(काठमाडौं रेलमार्गको डिपिआर ढिला हुनुमा सरकार जिम्मेवार रहेको भन्दै उनले सुनकोसी मरिण, भेरी बबई र रानी जमरालगायत सिँचाइ आयोजनाको कामलाई प्राथमिकतामा राख्न नसकिएको उनीहरूको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस