सुदूरपश्चिममा आम हडताल, कस्तो छ अबस्था ?

Post Thumbnail

जेठ २८, काठमाण्डौँ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हडताल भएको छ ।

गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ । कैलालीमा शैक्षिक संस्था आंशिक मात्रै खुलेका छन् भने लामो दूरीका गाडी छुटेका छैनन् ।

पहाडी जिल्लामा आम हडतालको असर कम परेको छ । बिहानैदेखि केही चोकमा आन्दोलनकारीको उपस्थिति रहेको र प्रहरी पनि परिचालन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले उज्यालोलाई जानकारी दिए । लामो दूरीका गाडी सुदूरपश्चिममा भित्रिए पनि छुट्न भने नपाएका उहाँको भनाइ छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस