‘सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गरायो,सदन र सडक दुवै तताउछौ’ : सभापति देउवा

माघ ११,काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही प्रवृत्तिमा विधेयक पारित गराएको भन्दै यसको सदन र सडक सबैतिरबाट विरोध गर्ने बताएका छन ।

बैठकपछि बाहिरिने क्रममा सभापति देउवाले कम्युनिष्टले दुई तिहाइको दम्भ देखाएको बताए । सभामुख तटस्थ हुनुपर्नेमा सभामुखले पनि पदको दुरुपयोग गरेको सभापति देउवाले आरोप लगाए ।

सदनमा देखाएको दुई तिहाइको दम्भको सडकबाट जवाफ दिने उनले बताए ।

सरकारको एकलौटी व्यवहारको विरोधमा नेपाली कांग्रेस अब देशैभर सडक संघर्षमा उत्रने उनले चेतावनी दिए ।

संम्बन्धित समचार

Leave a Reply