माग सम्बोधन नगरेको भन्दै शिक्षकहरूले काठमाडौंमा गरे विरोध प्रदर्शन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ २८, आईतबार (११ महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाडौँ । आगामी आर्थिक बर्षको बजेटबाट आफुहरुको माग सम्बोधन नभएको भन्दै सामुदायिक विद्यालयका शिक्षकलगायत कर्मचारीहरुले काठमाडौंमा विरोध प्रदर्शन गरेका छन् । आज आइतबार काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरदेखि थाल थटाएर उनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।

बजेटमार्फत शिक्षा क्षेत्रका समस्या समाधान गर्नुपर्ने, विद्यालय कर्मचारीको तलवमान कायम गर्नुपर्ने आफूहरुको मागमा बजेटले कुनै सम्बोधन नगरेकाले प्रदर्शन गर्नुपरेको उनीहरुको भनाइ छ । प्रदर्शनमा सहभागीहरुले संघीय शिक्षा ऐन तत्काल जारी गर, मानवअधिकार रक्षा गर, निस्शुल्क शिक्षा लागू गर, सहमति सम्झौता कार्यान्वय गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस