भारतलाई हराउँदै अस्ट्रेलियाले जित्यो विश्व टेस्ट च्याम्पियनशिपको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० जेष्ठ २८, आईतबार (११ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

जेठ २८, काठमाण्डौँ । भारतलाई हराउँदै अस्ट्रेलियाले दोस्रो संस्करणको विश्व टेस्ट च्याम्पियनशिपको उपाधि जितेको छ ।
बेलायतको ओभलमा भएको फाइनलमा भारतलाई २ सय ९ रनले हराउँदै अस्ट्रेलियाले उपाधि जितेको हो । फाइनल जित्न चार सय ४४ रनको लक्ष्य पछ्याएको भारत २ सय ३४ रनमा अलआउट भयो । भारतका विराट कोहलीले ४९, अजिन्क्या रहाणेले ४६ र रोहित शर्माले ४३ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका स्कट बोल्यान्ड र नाथन लायनले ३र३ विकेट लिए ।

यो हारसँगै भारत फेरि उपविजेता भएको छ । यसअघि सन् २०२१ मा भएको पहिलो संस्करणको फाइनलमा भारत न्युजिल्यान्डसँग पराजित भएको थियो । भारतले पछिल्लो १० वर्षदेखि आईसीसीका कुनै पनि प्रतियोगिताको उपाधि जितेको छैन । भारतले २०१३ मा इङ्ल्यान्डलाई हराएर आईसीसी च्याम्पियन्स ट्रफी जितेयता आईसीसीका प्रतियोगिताको उपाधि जितेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस