नेपाली युवा अमेजन कम्पनिमा ‘आईटी ईन्जिनियर’ !

Post Thumbnail

माघ ११,काठमाडौँ । संसारको १ नम्बर अनलाईन व्यापारमा प्रसिद्ध अमेजन सफ्टवेयर कम्पनीमा नेपालका युवा आईटी ईन्जिनिर टिका पहाडी आवद्ध भएका छन । नेपालको सिन्धुली, खाङसाङमा जन्मिएका पहाडी सानैदेखी मेहनती र लगनशिल रहेका थिए । लिभरपुल ईन्टरनेशनल कलेज बानेश्वरमा पढेका उनले अमेरीकाको लुिज्नयामा रहेको साउथइस्र्टन लुज्निया युनिभर्सटीमा पुर्ण छात्रावृतीमा सफ्टवेयर डेभ्लमेण्टमा ईन्जिनियरिङ सकेका हुन ।

अमेरिकाको वासिङ्टनस्थित सेट्टलमा रहेको अमेजनको कार्यालयमा उनी बार्षिक दुई लाख १० हजार अमेरीकी डलर पारिश्रमिक पाउछन । उनले सफ्टवेयर डेभ्लमेण्ट अन्तर्गत cloud Storage solutions को काम गर्छन । अमेरिकाको ४ बर्षे बसाईमा उनले आफ्नो करियर बनाईसकेका छन । भर्खरै सन २०१९ जनवरी १ बाट सञ्चालनमा आएको अमेजनमा उनको अनुभवको भरपुर प्रयोग हुनेछ ।

उनले अनलाईन केन्द्रसंग कुराकानी गर्दै भने– ‘म काम सिकेर नेपाल फर्कन चाहन्छु, खासमा नेपालको प्राविधिक क्षेत्रमा मलाई लगानी गर्न मन छ ।’ उनले देशलाई प्रविधितिर अघि बढाउने ईच्छा प्रकट गरे । दुनिँयाभरी आईटी सम्बन्धित काम बढीरहेको बेला नेपालमा पनि प्राविधिक क्षेत्रको विकास जरुरी रहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस