विवाहबाट फर्केको डुङ्गा पल्टिँदा नाइजेरियामा सय जनाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० जेष्ठ ३१, बुधबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

जेठ ३१, काठमाण्डौँ । उत्तरी नाइजेरियामा डुङ्गा पल्टिँदा एक सय जनाको मृत्यु भएको छ । उत्तरी नाइजेरियामा विवाह समारोहबाट फर्केका मानिस बोकेको डुङ्गा पल्टिँदा करिब १०० जनाको मृत्यु भएको छ भने धेरै जना बेपत्ता भएका छन् । छिमेकी नाइजर राज्यको क्वारा राज्यको नाइजर नदीमा डुङ्गा पल्टिएको प्रहरी प्रवक्ता ओकासान्मीले बताए ।

स्थानीय बासिन्दा उस्मान इब्राहिमका अनुसार पीडित महिला र बालबालिका नाइजर राज्यको एग्बोटी गाउँमा रातभर भएको विवाह समारोहबाट फर्किरहेका थिए। त्यसपछि डुङ्गा पल्टियो। डुङ्गामा एक सयभन्दा बढी मानिस सवार थिए । बिहान करिब ३ बजे दुर्घटना भएको र झन्डै दुई घण्टापछि मात्रै धेरैलाई थाहा भएको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस