आज पनि घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० जेष्ठ ३२, बिहिबार (१० महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

जेठ ३२, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ८ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य ९ सय रुपैयाँले घटेको थियो। यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले घटेको छ। बुधबार चाँदी प्रति तोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस