गाउँपालिकाद्वारा बाँदर नियन्त्रणका लागि पाँच लाख बजेट विनियोजन

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ माघ ११, शुक्रबार (५ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

माघ ११, मेलम्ची,  । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले बाँदर नियन्त्रणका लागि रु पाँच लाख बजेट विनियोजन गरेको छ ।

गाउँपालिकाको चौथो सभाबाट धुस्कुनबाट सुरु गर्नेगरी बाँदर नियन्त्रणका लागि सो बजेट विनियोजित गरिएको हो ।

किसानको अन्नपात, फलफूल केही बाँकी नराखेर घर–घरमा नै आइ राखेको अन्नसमेत खान थालेपछि बाँदर नियन्त्रण अभियान सुरु गरिएको हो ।

सिन्धुपाल्चोक जिल्लामै बाँदर नियन्त्रक सम्पर्कमा आएपछि बजेट विनियोजित गरिएको हो ।

वन्यजन्तुलाई कानुनविपरीत मार्नेभन्दा समातेर राष्ट्रिय निकुञ्जमा लगिने र बाँदरलाई जंगलमा नै कसरी राख्न सकिन्छ भन्नेबारे अध्ययन गर्ने निर्णय भएको छ ।

बाँदरले घर–घरमा आएर दुःख दिने गरेको र अनेक उपाय खोजी गर्दासमेत उपयुक्त उपाय नभेटिएकाले बाँदरलाई समातेर निकुञ्जमा पठाइने योजना बनाइएको हो ।

वडा नम्बर–३, धुस्कुनबाट सुरु गरिएको बाँदर नियन्त्रण कार्यक्रम अन्य वडामा पनि छिट्टै सन्चालन गर्ने निर्णय गरिएको छ ।

विशेषगरी धुस्कुनमा बाँदरले सबैभन्दा क्षति गरेकाले सो वडाबाट कार्यक्रम सन्चालन गरिएको वडाध्यक्ष सुकुदेव रिसालले जानकारी दिए ।

बाँदर नियन्त्रणका लागि सो विनियोजित बजेटको प्रयोग गरी किसान बाँदरको दुःखबाटमुक्त हुने विश्वास लिइएको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस