जन्ती चढेको बसमा ११ हजार भोल्टेज करेन्ट लाग्याे, ९ जनाको मृत्यु

माघ ११, काठमाडौं । धनुषामा जन्ती चढेको बसमा ११ हजार भोल्टेजको करेन्ट लाग्दा ९ जनाको मृत्यु भएको छ ।
धनुषाको सबैला नगरपालिका ४ बाल्टियामा जन्ती जाँदै गरेको ना ५ ख १७५२ नम्बरको बसमा शुक्रबार साँझ करेन्ट लागेको हो ।

करेन्ट लागेर ९ जनाको मृत्यु भएको जनांइए पनि थपको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । सडकमा बिजुलीको पोलमा जडान भएको ११ हजार भोल्टको तारमा छुँदा बसमा करेन्ट लागेको प्रत्यक्षदर्शीले जनाएका छन् । बसमा ४० जनाभन्दा बढी जन्ती सवार थिए ।

मृतकको शव अहिले पनि बसभित्रै छ भने घटनाको विस्तृत विवराण आउन बाँकी छ । जन्ती सिन्धुली जिल्लाको कमलाखोजबाट बाल्टिया जाँदै गरेको थियो ।

संम्बन्धित समचार

Leave a Reply