सार्वजनिक बसमा युवतीमाथि वीर्यपात, को हुन् ती युवा ?

माघ १२, काठमाडौं । सार्वजनिक बसमा युवतीको कपालमा वीर्यपात भएको घटनामाथि प्रहरी प्रधान कार्यालयले चासो देखाएको छ।

सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको एक भिडियोमा पछिल्लो सिटमा बसेका एक युवाले अघिल्लो सिटमा बसेकी युवतीको कपालमा वीर्यपात गरिरहेको देखिन्छ।

भिडियोमा युवक र युवती दुवैको अनुहार देखिँदैन। ती युवतीले थाहा नपाएर केही प्रतिक्रिया नजनाएको देखिन्छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीको हस्ताक्षरमा जारी विज्ञप्तिमा सवारी साधनभित्र गरिएको अश्लिल हर्कतबारे गम्भीर ध्यानाकर्षण भएको र उक्त घटनाबारे सुक्ष्म अनुसन्धान भइरहेको जनाइएको छ।

उक्त घटनाबारे गम्भीर अनुसन्धान होस् भन्दै महिलाहरुको एक समूहले महानगरीय प्रहरी अपराध महाशाखामा समेत लिखित उजुरी दिएका छन्।

युवतीमाथि अश्लील हर्कत भएको बा २ ख ९३२६ नम्बरको बस प्रहरीले नियन्त्रणमा लिएको छ।

संम्बन्धित समचार

Leave a Reply