श्रम सम्झौताका विषयमा छलफल गर्न नेपाली टोली ओमान जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १२, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । ओमान र युएईसँग श्रम सम्झौताको विषयमा छलफल गर्न नेपाली प्रतिनिधि टोली शनिबार त्यसतर्फ प्रस्थान गर्दैछ । आइतबार र सोमबार हुने ओमानसँगको छलफलका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा ५ सदस्यीय टोली त्यसतर्फ प्रस्तान गर्न लागेको हो।

टोलीमा कानुन मन्त्रालयका सहसचिव फडिन्द्र गौगम, परराष्ट्र मन्त्रालयका उपसचिव सुरेश अधिकारी, श्रम मन्त्रालयका उपसचिव दिपक ढकाल र शाखा अधिकृत सुरेश सुवेधी रहेका छन्। नेपालले भोलिबाट हुने ओमानसँगको छलफलमा नेपाली कामदारको सुरक्षा र शून्य लागतको विषयलाई प्राथमिकता दिने भएको छ ।

यस्तै कम्पनीमार्फत जाने व्यवस्थामा पनि जोड दिने भएको छ । ओमान उड्नु पहिले विज्ञसँग भएको छलफलमा पनि टोलीले प्राथमिकताका साथ उठाउनु पर्ने विषयमा सुझाव दिइएको छ ।

नेपाली कामदारको सुरक्षाको विषयमा कुनै सम्झौता नगर्न भनिएको छ । ओमानसँग श्रम सम्झौताको विषयमा पहिलो पटक छलफल हुन लागेको हो । यसअघि कुनै पनि सम्झौता भएको छैन । नेपाली टोली ओमानसँग छलफल गरेर मंगलबार त्यहीँबाट युएईका लागि प्रस्थान गर्दैछ ।

युएईसँग यसअघि सन् २००७ मा श्रम समझदारी भएपनि त्यसलाई परिमार्जन गर्न लागिएको छ । दुई देशबिच श्रम सम्झौताको मस्यौदा आदान प्रदान भइसकेको छ । ओमानसँगभन्दा नेपालले युएईसँग थप सुविधा दिन प्रस्ताव गर्ने भएको छ ।

युएईसँग नेपाली कामदारले पाउने सामाजिक सुरक्षा जानु पहिले तालिम र फर्किंदा पाउने सुविधाका कुरा पनि सम्झौतामा नै राख्न नेपालको प्रस्ताव छ ।

युएईसँग बुधबार र बिहीबार छलफल तय भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस