असार ४,विराटनगर । कोशी प्रदेश सरकार र प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच वार्ता विराटनगरमा जारी छ।
सोमबार बिहान पौने १० बजे दुइपक्षबीच वार्ता सुरू भएको हो। वार्ताअघि दुबै पक्षका वार्ता टोलीले छुट्टाछुट्टै छलफल गरेका थिए।
सरकारको तर्फबाट खानेपानी मन्त्री तिलकुमार मेयाङ्बोको संयोजकत्वमा उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला र सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी सदस्य छन्।
आन्दोलनरत पक्षका वार्ता टोलीमा गोविन्द आङ्बुङ, युवराज राई, रामभक्त कुरुम्बाङ, लाक्पा शेर्पा, गेल्जे शेर्पा, कुमार लिङ्देन, रमेश राई, कृष्ण चोङ्बाङ, प्रेम मिभक र पदम जवेगू छन् ।
फागुन १७ मा प्रदेशसभाले प्रदेशको नाम ‘कोशी’ राखेपछि नामकरणविरुद्ध आन्दोलन जारी छ।