असार ४,काठमाडौँ । भारतको बाह्य गुप्तचर अनुसन्धान र विश्लेषण शाखा (र) को नयाँ प्रमुखमा रवि सिन्हा नियुक्त भएका छन् । छत्तीसगढ क्याडरका वरिष्ठ आईपीएस अधिकारी रवि सिन्हालाई मन्त्रिपरिषदको नियुक्ति समितिले सोमबार नियुक्त गरेको हो ।
सन् १९८८ ब्याचका भारतीय प्रहरी सेवा (आईपीएस) अधिकृत सिन्हा मन्त्रिपरिषद् सचिवालयमा विशेष सचिवको रूपमा कार्यरत थिए । उनले अब उनी ३० जुनमा र प्रमुख सामन्त गोयलको स्थान लिनेछन् । उनको कार्यकाल २ वर्ष हुनेछ ।