यी हुन् पारिवारिक बिरासतबाट राजनीतिमा आएका विश्वका चर्चित नेता

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ माघ १२, शनिबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । विश्व राजनीति, त्यसमा पनि एसियामा वंश धान्ने परम्परा नौलो होइन।

आफ्ना बाबुआमाको पदचाप पछ्याएर धेरै राजनीतिज्ञका छोराछोरी देशको कार्यकारी पदमा पुगेका छन्।

कतिपय यस्ता गणतान्त्रिक देशसमेत छन्, जहाँ स्थापनाकालदेखि एकै परिवारको मुठ्ठिमा शासनसत्ता कैद छ।

किम, उत्तर कोरिया

९ सेप्टेम्बर १९४८ मा किम इल सुङको प्रिमियरसिपमा जनगणतन्त्र कोरिया स्थापना भयो। त्यसयता, बाँचुन्जेल कोरियाको शासनसत्ता उनकै हातमा रह्यो।

१९९४ मा सुङको निधनपछि उनको छोरा किम जोङ इलले शासन गरिरहेका छन्।

असद, सिरिया

सिरियाको शासनसत्ता लामो समयदेखि असद परिवारको पकडमा छ। सन् १९७१ देखि २००० सम्म हाफिज अल असद राष्ट्रपति थिए। पछिल्लो १९ वर्षयता उनका छोरा बसर अल असदले सिरियामा शासन गरिरहेका छन्।

ट्रयुडेउ, क्यानडा

पिर्रे इलियोट ट्रयुडेउ सन् १९९२ मा क्यानाडाका प्रधानमन्त्री थिए। अहिले उनको छोरा जस्टिन ट्रयुडेउ क्यानाडाका प्रधानमन्त्री छन्।

ली, सिंगापुर

ली क्वान सन १९५९ देखि १९९० सम्म सिंगापुरका प्रधानमन्त्री थिए। सन् २००४ यता उनका छोरा ली हस्नी लङ प्रधानमन्त्री छन्।

क्यास्ट्रो, क्युवा

सन् १९५९ को क्रान्तिपछि फिडेल क्यास्ट्रो क्युवाका सर्वोच्च नेता बने। सन् २००६ सम्म उनी शक्तिमा थिए। त्यसपछि उनले आफ्ना भाई राहुललाई सत्ता हस्तान्तरण गरे।

सन् २००८ मा राहुल क्युवाको राष्ट्रपति चुनिए। सन् २०११ देखि राहुल पार्टीको सर्वोच्च पदमा छन्।

भारतमा नेहरु र गान्धी परिवारको राजनीतिमा बिरासत छ भने अमेरिकामा केन्नडी र बुस परिवारको बिरासत कायम छ।

ताजा अपडेट

खोजी गर्नुहोस