सुनको मूल्य घट्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ ५, मंगलबार (१० महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ५, काठमाडौँ । नेपाली बजारमा सुन घटेको छ। मंगलबार सुनको मूल्य प्रति तोलामा १ लाख ११ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भई रहेको छापावाला सुनको मूल्य २ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार २ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ३० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले घटेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस