पश्चिमी वायुको प्रभाव क्रमशः घट्दै, देशैभरि कहाँ कति पानी पर्‍याे ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १२, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

माघ १२, काठमाडौं । देशैभरीको मौसम आज (शनिबार) दिउँसोबाट क्रमशः खुल्दै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको प्रभावको कारण विगत एक सातादेखि देशैभरि पानी परिरहेको छ। शुक्रबार दिनभरी र गएराति पनि काठमाडौँ उपत्यकासहित देशका सबैजसो ठाउँमा पानी परेको छ।

उच्च पहाडी र हिमाली क्षेत्रमा बाक्लो हिमपातसमेत भएको छ। अहिले पनि काठमाडौं उपत्यकासहित कतिपय ठाउँमा पानी परिरहेको छ।

महाशाखाका मौसमविद मीनकुमार अर्यालले शनिबार साँझदेखि मौसम खुल्दै जाने बताए। ‘कतिपय ठाउँमा पानी पर्न सक्छ, तर ठूलो पानी पर्ने सम्भावना भने छैन,’ कुरा गर्दै अर्यालले भने, ‘आइतबारदेखि पश्चिमी वायुको प्रभाव क्रमशः घट्दै जानेछ।’

शनिबार दिउँसोदेखि पश्चिमी क्षेत्रबाट मौसम खुल्दै जाने उनले बताए।

पछिल्लो चौविस घण्टामा काठमाडौँ उपत्यकामा ४ मिलिलिटर वर्षा भएको छ। पूर्वमा विराटनगरबाहेक सबै ठाउँमा सानोठूलो पानी परेको अर्यालले जानकारी दिए।

पछिल्लो २४ घण्टामा सबैभन्दा वढी पोखरामा २८ मिलिलिटर वर्षा भएको छ। त्यसैगरी भैरहवामा २६, दाङमा २४, वीरेन्द्रनगरमा २३, डडेलधुरामा २२, सिमरामा ४, ताप्लेजुङमा १ मिलिलिटर वर्षा भएको छ।

त्यसैगरी दिपायलमा १५, धनगढीमा १६, नेपालगञ्जमा १३, जुम्लामा १२ मिलिलिटर वर्षा भएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस