आज पनि घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ ८, शुक्रबार (१० महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार ८, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य निरन्तर घट्दै गई रहेको छ । सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख १० हजार ५ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ७ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ३५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले घटेको छ । बिहीबार चाँदी प्रति तोला १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस