प्रतिनिधि सभा बैठक: बजेटमाथि उठेका प्रश्नको मन्त्रीहरूले जवाफ दिदै (लाइभ)

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०८० अषाढ १०, आईतबार (१ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । प्रतिनिधि सभा बैठक सुरु भएको छ । आज विनियोजन विधेयक (बजेट)माथि उठेका प्रश्नमाथी मन्त्रीहरुले जवाफ दिइरहेका छन् ।

आज बिहान १० बजेदेखि सुरु भएको बैठकमा मन्त्रालयगत छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिइरहेका छन् ।

आजको बैठकमा गृह, वन तथा वातावरण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, युवा तथा खेलकुद, सहरी विकास, उद्योग, वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात र सञ्चार तथा सूचना प्रविधिमन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ ।

यसैगरी आजकै बैठकमा उपराष्ट्रपति कार्यालयसम्बन्धी बजेटबारे पनि छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस