प्रतिनिधि सभाको बैठक बस्दै, बजेटमाथि उठेका प्रश्रको मन्त्रीहरूले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १२, मंगलबार (१० महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । प्रतिनिधि सभाको बैठक बस्दैछ। संघीय संसद भवन नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ। बैठक ११ बजे बोलाइएको छ ।

मंगलवारको बैठकमा बिनियोजन बिधेयकमाथिको छलफल जारी रहनेछ । सोही क्रममा बिनियोजन बजेट बिधेयक माथि उठेका प्रश्रको जवाफ सबन्धित मन्त्रालयका मन्त्रीहरूले दिने कार्यलाइ निरन्तरता दिइएको संसद सचिवालयले जनाएको छ ।

जसअनसार मंगलबारको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको विनियोजन विधेयक २०८० अन्तर्गत विभिन्न शीर्षकहरूमा सांसदले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस