सुनको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ १२, मंगलबार (१० महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँ कायम भएको छ ।

सोमबार प्रति तोला १ लाख १० हजार ४ रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १० रुपैयाँले बढेको छ । सोमबार चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस