साफ च्याम्पियनसिपमा कुवेत र भारतको बराबरी

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० अषाढ १३, बुधबार (१० महिना अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाण्डौँ । साफ च्याम्पियनसिपको समूह चरणको अन्तिम खेलमा घरेलु टोली भारतले कुवेतसँग बराबरी खेलेको छ ।

खेलको पहिलो हाफमा कप्तान सुनिल क्षेत्रीले गोल गरी अग्रता लिए पनि भारतले अग्रता जोगाउन सकेन ।

इन्जुरी समयमा अनवर अलिले आत्मघाती गोल गरेपछि खेल एक–एकको बराबरी भएको थियो ।

बराबरीपछि कुवेत समूह ‘ए’ को विजेता र भारत उपविजेता बनेको छ । कुवेत र भारत यसअघि नै सेमिफाइनल पुगिसकेका थिए ।

समूह चरणबाट बाहिरिसकेका दुई टोली नेपाल र पाकिस्तानबीच हिजो भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस