पुर्वाञ्चल विश्वविद्यालय तालाबन्दी प्रकरण : आन्दोलनरत पक्ष अझै शसक्त, झा को नियुक्ति धरापमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

-अनलाईन केन्द्र ब्यूरो

माघ १३,विराटनगर । पुर्वाञ्चल विश्वविद्यायलमा एकलौटी गलत ब्यक्ती को नियुक्तीका विषयमा प्राध्यापकहरुले गरेको आन्दोलनका कारण विश्वविद्यायलमा भएको तालाबन्दी र आन्दोलन अझ शसक्त ढंगले अगाडि बढ्ने देखिएको छ । विश्वविद्यायलमा विवादका पात्रका रुपमा हेरिएका राजेश झा को नियुक्तिको विषय संगै अन्य दुई सह डिनमा एकतर्फी नियुक्ती गरेका कारण विश्वविद्यायलमा आन्दोलन चर्किएको हो ।

विश्वविद्यालयका रजिस्ट्रारको योजना र उपकुलपति को समर्थनमा झा सहित अन्यको नियुक्ती भएको भन्दै नेकपा निकट प्रगतिशिल प्राध्यापक संगठन प्रदेश एक तथा पुर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाज ले सुरुमै समर्थन गरेको थियो । त्यसको केही समयपछि विद्यार्थी सङठनले समेत समर्थन गरेपछी यो मुद्दा अब राजनैतिक हिसाबले मात्र निराकरण हुने देखिएको हो । यहि बिचमा सबै डिनले उपकुलपति र रजिष्टारलाई अप्ठ्यारो पार्ने गरी विज्ञप्ती जारी गरेपछि पदाधिकारी थप दवाब र तनावमा परेको बुझिएको छ ।

विश्वविद्यालय स्रोतका अनुसार गत सिनेट बैठकमा उपकुलपतिले अडान राख्न नसके पछि शम्भु कोइरालालाई कार्यकारी परिषद्मा लैजान नसकिएको कारण उनी उपकुलपतिसंग रुष्ट छन । त्यस्तै मेडिकल डिनलाई समेत कार्यकारी परिषद्मा लैजाने विषयलाई राजेश झा को डिजाइनमा रजिष्टारले रोकेको विश्वविद्यालयका एक उच्च अधिकारीले आफ्नो नाम नबताउने सर्तमा अनलाईन केन्द्रलाई बताए । विश्वविद्यालयका पधाधिकारीले विभिन्न निकायमा सहमती लिएर नियुक्ती दिएको बताए पनि उनिहरुले एकलौटी पेलेर गएपछि पछि आफै मिल्छ भन्ने सोचले यो कदम उठाइएको छर्लङ भएको छ।

अहिले विश्वविद्यालयमा देखिएको यो बिबादले अन्ततः उपकुलपति र रजिष्टार लाई गाह्रो पर्न सक्ने आँकलन गरिएको छ । लोकतान्त्रिक प्राध्यापक संघ पुर्वाञ्चल विश्वविद्यालयका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा भने -‘अहिले भएको नियुक्ती हाम्रै पक्षधर भएपनि विश्वविद्यालयलाई गलत दिशामा लैजाने पात्रलाई पुरस्कृत गर्न खोजिएकोमा हाम्रो तिब्र असहमती हो।’ विश्वविद्यालयलाई आर्थिक भार पर्ने गरी भएका नियुक्तीले विश्वविद्यालयलाई गलत बाटोमा लैजाने भन्दै लोकतान्त्रिक प्राध्यापक संघले विश्वविद्यालयलाई विधि पद्दतीमा कहिल्यै सञ्चालन गर्न नसकिएको भनी चिन्ता समेत जाहेर गरेको छ।

पुर्वाञ्चल विश्वविद्यालयमा भएको यो नियुक्तीका विषयमा नेकपाका केही नेताले भित्र भित्रै कायम गराउन षडयन्त्र गरेको भन्दै नागरिक समाजले आश्चर्य प्रकट गरेको छ । नागरिक समाजका एक प्रतिनिधिले भने-‘यदि यो नियुक्ती लाई सदर मानेर यहि पदाधिकारी विश्वविद्यालयमा रहे नत गोठगाँउमा मेडिकल कलेज नै बन्ने, नत हस्पिटल नै सञ्चालन हुन्छ।’ सुन्दर्हरैचा नगरका नागरिकले विश्वविद्यालयको केन्द्रिय कार्यालय गोठगाँउमा स्थानान्तरण नगरेको र मनपरी गरेको भन्दै आन्दोलनको तयारी गरिएको बुझिएको छ ।

केही पदमा नेकपा लाई चित्त बुझाएर समाधानको बाटो खोजिएको भएता पनि आन्दोलनरत पक्ष ले कुनै सौदाबाजीमा आन्दोलन नरोक्ने चेतावनी दिएपछि उपकुलपति र रजिष्टार अहिले विभिन्न नेताको पुगेर समाधानमा सहयोग गरिदिन लागिरहेको स्रोतले जनाएको छ । पुर्वाञ्चल विश्वविद्यालयमा अबको केही महिना बाट बाहिरिन लागेका उपकुलपति घनश्याम लाल दास अहिले सबैभन्दा बढी तनाबमा रहेको र आफ्नो कारण भन्दा रजिष्टारका कारण आफु असफल हुन लागेको भन्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

साथै बार्ताका लागि कोहि डिन पनि नेतृत्व गर्न सहमत नभएपछि विश्वविद्यालय प्रशासन थप अप्ठ्यारोमा परेको छ । कार्यकारीले मनपरी निर्णय गर्ने अनि हैसियत बिनाका ब्यक्तीको नेतृत्वमा बार्ता कमिटी बने ठाडै अस्विकार गरिने आन्दोलन्कारीको रणनिती रहेको स्रोतले बताएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस