अर्घाखाँचीमा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु, एक जना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १९, मंगलबार (१० महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार १९, बुटवल । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा एकै घरका तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानीमा गंगा रास्कोटीको घर पुरिँदा उनका तीन जना नातिनातिनाको मृत्यु भएको वडा अध्यक्ष कमलप्रसाद पोखरेलले जानकारी दिए। उनका अनुसार मृत्यु हुनेमा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी र ११ वर्षीया अञ्जना रास्कोटीको रहेका छन् ।

घटनामा १४ वर्षीय सचिन रास्कोटी सामान्य घाइते भएका छन् । मृत्यु हुने बालबालिका दाजुभाईका छोराछोरी हुन् । मंगलवार बिहान साढे ६ बजेको समयमा अविरल वर्षासँगै घरमाथिबाट आएको पहिरोले टिनको छाना भएको दुई तले घरको कुनापट्टिको आधा भाग भत्किएको थियो। बिहानको समयमा बालबालिका सुतिरहेको अवस्थामा पहिरोमा पुरिएको प्रहरीले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस