सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ २१, बिहिबार (१० महिना अघि)
  • २ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य बढेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रति तोला १ लाख १० हजार ७ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख १० हजार १ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला १५ रुपैयाँले बढेको छ। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस