सुनचाँदीको भाउ घट्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

असार २२,काठमाडौँ । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ प्रतितोला १ सय रुपैयाँ र चाँदी २० रुपैयाँले घटेको हो ।

बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १० हजार ७ सय रुपैयाँ रहेकोमा आज घटेर १ लाख १० हजार ६ सय रुपैयाँमा झरेको छ । त्यस्तै, प्रतितोला १ लाख १० हजार १ सय ५० रुपैयाँमा खरिद गर्न सकिने तेजावी सुनको भाउ आज बढेर १ लाख १० हजार ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदी भने प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । यसअघि चाँदी प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

संम्बन्धित समचार

Leave a Comment