डा. भोला रिजालको ‘सेतो कोट’ सार्वजनिक

Post Thumbnail

काठमाडौँ । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ एवं चर्चित गीतकार डा. भोला रिजालको ‘सेतो कोट’ पुस्तक सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो।

पुस्तकको लोकार्पण स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतलगायत वरिष्ठ चिकित्सकहरूले गरेका हुन्।

डा. रिजालको ‘सेतो कोट’ लाई चिकित्सकको कर्म, धर्म र मर्म बुझाउने एउटा सरल, तर गहन पुस्तकको रूपमा प्रस्तुत गरिएको छ। पुस्तकमा चिकित्सा पेसा, चिकित्सा शिक्षा र चिकित्सा आचारसंहिताको समेत विवेचना गरिएको छ। कुनै व्यक्तिले पढेर डिग्री हासिल गर्दैमा मात्र ऊ योग्य चिकित्सक हुने हो वा त्यसका लागि उसमा अतिरिक्त गुणहरू पनि हुनुपर्छ भन्नेबारे पुस्तकमा चर्चा गरिएको छ।

पुस्तकमा डा. रिजालले मुलुकको विद्यमान मेडिकल शिक्षामा हुनुपर्ने सुधारका विषयवस्तुहरूलाई औँल्याउनुका साथै मेडिकल संस्कारलाई थप सुदृढ गराइनुपर्ने आवश्यकतामा जोड दिएका छन्।

डा. रिजालले चिकित्सकको मनोविज्ञान, चिकित्सकले बिरामीहरूप्रति गर्ने व्यवहार, उपचारको सही तरिका र चिकित्सकको दायराबारे पुस्तकमा विवेचना गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस