प्रतिनिधि सभाको बैठक आज बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २५, सोमबार (१० महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

असार २५, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार बैठक दिउँसो ३ बजे बस्नेछ ।

एक कार्यक्रममा प्रधानमन्त्री दाहालले दिएको अभिव्यक्तिलाई लिएर एमालेलगायत राप्रपा र रास्वपाले गत बुधबारदेखि संसद् अवरोध गर्दै आइरहेको छ । आइतबार संसद्को अवरोध खुलाउनेबारे तीन दलबीच छलफल भएको थियो । सिंहदरबारमा भएको छलफलमा प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे संसद्‍मा प्रष्टीकरण दिने सहमति बनेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस