असार २५,हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आज हेटौंडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालय घेराउ गरिएको छ । सडक डिभिजन कार्यालयले पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडाको रातोमाटे देखि राप्ती पुल सम्मको भागलाई सडकको दायाँ, बायाँ २५ गज भत्काउने भनेपछी यहाँका घरधनी, उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन् । सो क्रममा व्यवसायी अरुणराज सुमार्गीले सर्वोच्च अदालतको आदेश बमोजिम क्षतिपुर्तिको ग्यारेण्टी गरेर सडक विस्तारलाई अघि बढाउनुपर्ने बताए । उनले आफुहरु सडक विस्तारको बाधक नभएको भन्दै अदालतको निर्णय बमोजिम जाँचबुझसहित विवरण एकिन गर्नुपर्ने बताए ।
¥याली सहित हेटौंडा उपमहानगरपालिका र सडक डिभिजन कार्यालयमा पुगेर ज्ञापनपत्र बुझाउँदै सर्वोच्च अदातको फैसलाको समेत अपव्याख्या गरेर सडक विस्तार गर्न लागिएको प्रति आपत्ति जनाइएको छ ।
हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका बैठकमा सडक विस्तारका लागि आवश्यक समन्वय गरी विस्तार गरिने सर्वसम्मत निर्णय गरिएको थियो । त्यस्तै जिल्ला प्रशासन कार्यालयमा केही दिन अघि भएको सर्वदलीय बैठकमा सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेश यादवले सुचना प्रकाशित गरेका छौं । ३५ दिन भित्र आफ्नो व्यवस्था गर्नुस् ३६ औं दिनमा आफुहरुले जुनसुकै स्थानबाट पनि भत्काउन सक्छौ भनी बताएका थिए ।