पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्ने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १३, पाेखरा । मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा एपीएफ र हिमालयन शेर्पा भिड्ने भएका छन् ।

अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीले पोखरामा आज पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो । माघको १५ देखि २६ गतेसम्म पोखरा रंगशालामा हुने प्रतियोगितामा नेपालका ए डिभिजनका १० टिम र २ विदेशी टिम सहभागी रहने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

प्रतियोगितामा ए डिभिजनका मनाङ मर्स्याङ्दी, संकटा, थ्रिस्टार, नेपाल पुलिस, एपिएफ, हिमालयन शेर्पा, च्यासल ,ब्रिगेड ब्वाईज क्लव र आयोजक पोखरा ११ रहेका छन् भने विदेशी टिमहरुमा रिस्सो युनिभरसिटी जापान र डफिन्स फेमिली क्यामरुनले सहभागिता जनाउने छन् ।

दुई बिदेशी टिम पहिलो पटक प्रतियोगितामा सहभागी हुँदै छन् । पोखरा कपको पाँचौ संस्करणपछि दुई वर्षसम्म स्थगित भएको प्रतियोगिताले पुनः निरन्तरता पाएको हो । प्रतियोगितामा विजेताले ७ लाख ५५ हजार रुपौयाँ पाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस