चीनले परिक्षण गर्‍याे प्रतिघण्टा १ सय ६० किलोमिटर कुद्ने रेल

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७५ माघ १३, आईतबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

माघ १३, काठमाडौं । चीनले शनिबार प्रतिघण्टा १ सय ६० किलोमिटर दुरी पारगर्ने क्षमताको मेगलेभ रेल परिक्षण गरेको छ।

हाल भएका मेगलेभ रेलभन्दा नयाँ रेल ६० प्रतिशत छिटो कुद्ने समाचार संस्था सिन्ह्वाले जनाएको छ।

हुनान प्रान्तको चांग्सामा रेलको सफल परिक्षण गरिएको थियो। यस नयाँ मोडलको मेगलेभ रेलले पहिलेकोभन्दा ६ टन बढी सामाग्रहरु बोक्न सक्छ।

३ वटा डिब्बा हुने यस रेलमा ५ सय यात्रु क्षमता रहेको छ। यस रेलको निर्माण सिआरसीसी जुझाउ लोकोमोटिम को लिमिटेडले गरेको हो।

लिमिटेडका मेगलेभ रेल अनुसन्धानकर्ता टोङ लियासहेङका अनुसार कम्पनीले प्रतिघण्टा २ सय किलोमिटरको दुरी पारगर्ने रेलको समेत विकास गरिरहेको छ। एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस