सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ २७, बुधबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २७, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । बुधबार सुनको मूल्य प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

मंगलबार प्रति तोला १ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज ३ सयले बढेर प्रति तोला १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले बढेको हो । मंगलबार चाँदी प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस