नेपाल र यूएईबीच अन्तिम खेल आज,दुवै टोली जितको खोजिमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज (सोमबार) नेपाल र यूएईले प्रतिस्पर्धा गर्दैछन् । नेपाली समय अनुसार बिहान ११ बजेर १५ मिनेटमा खेल सुरु हुने छ ।

आईसीसी क्रिकेट एकेडेमीमा हुने खेलमा दुवै टोली जितको खोजिमा हुनेछन् । पहिलो खेलमा यूएईसँग नेपाल तीन विकेटले पराजित भएको थियो । तर दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले युएईलाई १४५ रनले पराजित गरेको थियो ।

सोमबार सिरिजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली टोली छ । यूएईलाई पराजित गर्दै सिरिज जितेमा नेपालको लागि यो ऐतिहासिक सिरिज हुनेछ ।

गत वर्षको चैतमा एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा सकाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस