आज पनि बढ्यो सुनचाँदी मूल्य, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ २८, बिहिबार (१० महिना अघि)
  • ७ पटक पढिएको
Post Thumbnail

असार २८, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ४०० रुपैयाँमा कारोबार भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य पनि बढेर तोलामा १ लाख ११ हजार ८५० रुपैयाँमा कारोबार भएको थियो । यसैबीच आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार तोलामा १ हजार ४०० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार ४० रुपैयाँ बढेर १ हजार ४४० रुपैयाँमा कारोबार भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस