मेस्सीको २६ औँ गोल, बार्सिलोनाको सहज जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

 

माघ १४, काठमाडौं । लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनामाथि सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले जिरोनालाई २–० गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गरे ।

नवौं मिनेटमा नै नेल्सनले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोलले पछि परेको जिरोनाले दोस्रो हाफमा थप एक गोल खान पुग्यो ।

खेलको ६८औं मिनेटमा कप्तान मेस्सीले गोल गर्दै बार्सिलोनालाई दोब्बर अग्रता दिलाएका थिए । बाँकी समयमा दुवै टिमबाट गोल हुन सकेन र खेल बार्सिलोनाले जित्यो ।

जितपछि बार्सिलोनाले २१ खेलबाट ४९ अंक बनाएको छ । पराजित जिरोनाको भने २४ अंक रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस