सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोवार ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ २९, शुक्रबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार २९, काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

बिहीबार प्रति तोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भई रहेको छापावाला सुन आज १ सयले बढेर प्रति तोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ४० रुपैयाँले बढेको हो। बिहीबार चाँदी प्रति तोला १ हजार ४ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस