युएस बंगला विमान दुर्घटना प्रतिवेदन सार्वजनिक : ककपिटभित्रै पाइलटले पटक–पटक चुरोट पिएका थिए

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७५ माघ १४, सोमबार (५ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । गत वर्ष त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस– बंगला एयरलाइन्सको विमान दुर्घटनाको अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दुर्घटनाको झण्डै एक वर्षपछि अध्ययन अन्तिम प्रतिवेदन सार्वजनिक गरेको हो ।

गत बर्ष फागुन २८ गते मिान दुर्घटना भएको हो ।

दुर्घटना जाँचबुझ आयोगका अध्यक्ष यज्ञ गौतमसहितको आयोगले तयार पारेको प्रतिवेदन आइतबार सस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई बुझाएकको हो ।

सार्वजनिक प्रतिवेदनमा विमान दुर्घटनाका मुख्य दोषी पाइलट रहेको ठहर गरिएको छ ।

प्रतिवेदनमा क्याप्टेन अविद सुल्तानले जहाज ल्याण्ड गर्दा जवर्जस्ती गर्न खोजेको उल्लेख छ । त्यस्तै अध्ययनका क्रममापाइलट सुल्तान मानसिक तनावमा रहेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

आइकाओको मापदण्ड र कानुन बमोजिम अध्ययनपछि प्रतिवेदन तयार भएपछि सार्वजनिक गरिएको पर्यटन मनत्रालयले जनाएको छ ।

पाइलटले ककपिटभित्रै पटक–पटक चुरोट पिएको प्रतिवेदनमा उल्लेख छ ।

एकदमै तनावका बीच क्याप्टेन काठमाडौ छिरेपछि गुराँस प्वाइन्टबाट जिरो टु मा ल्यान्ड गर्न आउनुपर्नेमा गुराँस प्वाइन्टबाट अन्यत्र लागेको पाइएको छ ।

उडान नम्बर युवीजी २११ नम्बर जहाज दुर्घटनामा चालक दलका ४ जना सदस्य सहित ५१ जनाको मृत्यु भएको थियो । बम्बार्डिएर डुयास ८–४०० सिरिजको ७२ सिट क्षमताको उक्त जहाज ७१ यात्रु लिएर काठमाडौं आउँदै गरेको अवस्थामा धावनमार्गमा दुर्घटना भएको थियो ।

पाइलट सुल्तानले टु जिरो बाट जहाज अतवरण गर्नेक्रममा पाइलटले मिस अप्रोच लिएपछि जहाज दुर्घटना भएको थियो ।

विमानस्थलको जिम्मेवारीमा रहेका कन्ट्रोलरले जहाजलाई दक्षिणको जिरो टु बाट ल्याण्ड गर्ने अनुमति दिँदा पाइलटले टु जिरोतिरबाट ल्याण्ड गर्छु भन्दै उत्तरतिर लागेका थिए । छानविनले जहाजमा कुनै समस्या नभएको दखाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस