प्रतिनिधि सभा बैठक आज बस्दै, सम्भावित कार्यसूचिहरु के-के छन् ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ३१, आईतबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

असार ३१, काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज आइतबार बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा “केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक, २०८०”लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ज्ञान बहादुर शाही, प्रेम सुवाल, सोबिता गौतम र सुमना श्रेष्ठबाट प्राप्त विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कायसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यसैगरी, बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले “केही नेपाल ऐनसंशोधन गर्न बनेको विधेयक, २०८०” पेश गर्ने छन् । बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको “नेपाल विश्वविद्यालय विधेयक, २०८० माथि विचार गरियोस” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद सचिवालयले जनाएको छ ।

आजकै बैठकमा मन्त्री धनराज गुरुङले राष्ट्रिय सभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथिको दफावार छलफल सदनमा गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । बैठकमा “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” माथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस