एसीसी इमर्जिङ टिम्स एसिया कप: भारत ‘ए’ सँग नेपाल ९ विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण १, सोमबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

साउन १,काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कपमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको छ ।

नेपालले दिएको १ सय ६८ रनको सामान्य लक्ष्य भारत ‘ए’ले २२ ओभर १ बलमा १ विकेट गुमाएर भेटायो । भारतका अभिषेक शर्माले ८७, साई सुदर्शनले नटआउट ५८ रन बनाए । बलिङतर्फ नेपालका कप्तान रोहित पौडेलले १ विकेट लिए ।

श्रीलङ्काको आर प्रेमदासा रङ्गशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ३९ ओभर २ बलमा १ सय ६७ रनमा अलआउट भयो । नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक बनाए ।

यो हारसँगै नेपाल एक खेलअघि नै समूह चरणबाट बाहिरिएको छ । समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग ४ विकेटले पराजित भएको थियो । अब नेपालले अन्तिम खेलमा पर्सि बुधवार यूएई ‘ए’ सँग खेल्नेछ । यूएई पनि समूह चरणबाटै बाहिरिइसकेको छ । यो समूहबाट भारत र पाकिस्तान सेमिफाइनलमा पुगेका छन् ।

समूह ‘ए’ मा ओमान, अफगानिस्तान, बङ्गलादेश र श्रीलङ्काको ‘ए’ टोली रहेका छन् । यो समूहबाट ओमान बाहिरिइसके पनि सेमिफाइनलमा पुग्ने टोलीको टुङ्गो लागिसकेको छैन । प्रतियोगितामा नेपालबाहेक सबै टिमले ‘ए’ टोली पठाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस