आमिर र शाहरुखले छाडेको सिनेमामा यी अभिनेताले मारे ‘इन्ट्री’

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७५ माघ १४, सोमबार (६ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

माघ १४, काठमाडौं । प्रथम भारतिय अन्तरिक्ष यात्री राकेश शर्मामाथि आधारित वायोपिक ‘सारे जहाँ सें अच्छा’मा आमिर खानले अभिनय गर्ने घोषणा भएपछि सिनेमाले बटुलेको चर्चा उनको सट्टा शाहरुख खानले अभिनय गर्ने भएपछि थप चर्चित भयो।

पछि शाहरुखले पनि सो सिनेमा छाडे। सो सिनेमाको लागि आमिरले नै शाहरुखको सिफारिस गरेका थिए। शाहरुखले छाडेपछि भविष्य अलपत्र झैं देखिएको सिनेमामा नयाँ युवा कलाकारको चर्चा सुरू भएको छ।

खस्कदो करियरलाई लयमा फर्काउन ‘डन ३’मा अभिनय गर्ने भएपछि शाहरूखले सिनेमाबाट हात झिकेका हुन्।

सो सिनेमा अब विक्की कौशलले गर्ने बताइएको छ। चर्चित बलिउड बेवसाइट बलिउड हंगामाले सिनेमामा विक्की निर्देशकको रोजाइमा परेको उल्लेख गरेको छ।

समाचार प्रकाशित भएपनि यसको ओपचारिक घोषणा भने हुन बाँकी रहेको छ। पछिल्लो समय एकपछि अर्को सिनेमामा राम्रो काम गरिरहेका विक्कीको पछिल्लो समय बलिउडमा चर्चा चुलिदों छ। उनी अभिनित ‘उरी: द सर्जिकल स्ट्राइक’ले वक्सअफिसमा गतिलो प्रदर्शन गरिरहेको छ। सिनेमाले सय करोड भारू माथिको कमाइ गरिसकेको छ।

उनको अभिय क्षमता र बढ्दो चर्चाका कारण शाहरूखपछिको रोजाइमा उनी परेका हुन्। एजेन्सी

ताजा अपडेट

खोजी गर्नुहोस