कांग्रेस केन्द्रीय समिति बैठक : आजबाट केन्द्रीय सदस्यले धारणा राख्न सुरु गर्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ३, बुधबार (१० महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ३, काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । हिजोदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा आजबाट केन्द्रीय सदस्यहरुले आआफनो धारणा राख्ने छन्। प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक बिहान ११ बजे बोलाइएको छ ।

केन्द्रीय कार्यालय सानेपामा हिजो बसेको पार्टीको केन्द्रीय कार्य समितिको पहिलो दिनको बैठकमा शिर्ष नेताहरूले विभिन्न प्रस्तुती राख्दै सकिएको थियो ।

मंगलबार दिउँसो २ बजे सुरु भएको बैठक पार्टी सभापति शेरबहादुर देउवाले बैठक प्रारम्भ भएको घोषणा गरेसँगै महामन्त्री विश्वप्रकाश शर्माले बैठकको एजेण्डा राखेका थिए । त्यसपछि महामन्त्री गगन थापाले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए। बैठकमा निर्वाचन परिचालन समितिको प्रतिवेदन, अनुशासन आयोगको प्रतिवेदन पनि पेस भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस