त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८० किलो बढी सुन बरामद, तीन जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ४, बिहिबार (१० महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन ४, काठमाडौँ । राजस्व अनुसन्धान विभागले बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको अपरेशनमा ८० किलोभन्दा बढी परिणामको सुन बरामद गरेको छ ।

विभागका महानिर्देशक नवराज ढुङ्गानाले ८० देखि १०० किलोको बीचमा रहेको सुन बरामद गरिएको जानकारी दिँदै उक्त सुन ओसारपसारमा संलग्न रहेका तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

विमानस्थल पास भएर आएको उक्त सुन विमानस्थल भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला बरामद भएको हो ।
ढुङ्गानाका अनुसार उक्त सुन हङकङबाट आएको खुलेको छ । यो घटनाका बारेमा थप अनुसन्धान जारी रहेकाले बिहिबारसम्ममा धेरै कुराहरु खुल्ने पनि उनको भनाइ छ ।

त्यसअघि, विमानस्थल भन्सार कार्यालयका प्रवक्ता अम्बिकाप्रसाद खनालले हङकङबाट ल्याइएको सामान चेकजाँच गर्दा सुन भएको खुलेपछि थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई बुझाइएको बताएका थिए । ।

प्रवक्ता खनालका अनुसार १६० सेट प्याक भेटिएको हो । उक्त सामान रेडी प्रालि काठमाडौंले ल्याएको उल्लेख छ । यो सबै सामान चार दिन अगाडि हङकङबाट प्यासिफिक एयरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको प्रवक्ता खनालको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस