ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ५, शुक्रबार (९ महिना अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन ५, काठमाडौँ । ललिता निवास प्रकरणमा सर्वोच्च अदालतले आज निर्णय सुनाउँदै छ । ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा कायम गर्न सरकारी दस्तखत तथा कागजात किर्ते गरेको प्रकरणका आरोपीले दायर गरेको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले आज निर्णय सुनाउन लागेको हो ।

बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाह, भाटभटेनी डिपार्टमेण्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दायर गरेको बन्दीको निवेदनसहित सोसँग सम्बन्धित ६ थान मुद्दामा सोमवारदेखि सर्वोच्च अदालतमा सुनुवाइ भएको थियो । हिजो सुनुवाइ सकिएपछि सर्वोच्चले आज निर्णय सुनाउन लागिएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस