फिफा महिला विश्वकप: आज तीन वटा खेल हुँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण ७, आईतबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

साउन ७,काठमाडौँ । फिफा महिला विश्वकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ का स्वीडेन र दक्षिण अफ्रिका खेल्दैछन् ।

यो खेल नेपाली समय अनुसार बिहान पौने ११ बजे शुरु हुनेछ । त्यस्तै अर्को खेलमा दिउँसो सवा १ बजे समूह ‘ई’ का नेदरल्यान्डस् र पोर्चुगल तथा दिउँसो पौने ४ बजे समूह ‘एफ’ का फ्रान्स र जमैकाबीच खेल हुनेछ ।

हिजो भएको खेलमा डेनमार्क, अमेरिका, इंल्याण्ड् र जापान विजयी भएका छन् । महिला विश्वकप फुटबल आउँदो अगस्ट २० तारिखसम्म चल्नेछ । विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस