आजको शेयर बजार : नेप्से ८.११ अंकले घट्यो, कारोवार रकम कति ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० श्रावण १०, बुधबार (९ महिना अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १०, काठमाण्डौँ । नेप्से परिसूचक ८.११ अंकले घटेको छ । नेप्से ०.३७ प्रतिशतले घटेर २१५६.२० बिन्दुमा बन्द भएको छ ।

बुधबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ ।

गत कारोबार दिन २ अर्ब ९१ करोड ७ लाख ३२ हजार ४१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर २ अर्ब ४३ करोड २५ लाख ८ हजार ७६९ रुपैयाँमा सीमित भएको छ ।

यस दिन २६० वटा धितोपत्रको ७३ लाख ९९ हजार ४७४ कित्ता सेयर किनबेच भएको हो । बुधबार किसान लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.९६ प्रतिशतले बढेको छ । उक्त कम्पनीको सेयर मूल्य एक हजार २५ रुपैयाँ पुगेको छ । यस्तै, ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य ६.५८ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३४० रुपैयाँ कायम भएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस