महिला विश्वकप फुटबल : समूह चरणका ३ खेल आज पनि हुने

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण ११, बिहिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

साउन ११, काठमाडौँ । फिफा विश्वकप फुटबल अन्तर्गत आज पनि समूह चरणका ३ खेल हुने भएका छन् । पहिलो खेलमा विहान पौने ७ बजे अमेरिका र नेदरल्याण्ड्स भिड्ने छन् । समूह ई मा अमेरिका शीर्ष तथा नेदरल्याण्ड्स दोस्रो स्थानमा छ ।

आजको खेलको विजेताले एक खेल अगावै प्रि क्वाटरफाइनलमा स्थान पक्का गर्न सफल हुने छ । यसैगरी आजै यही समूहको पोर्चुगल र भेतनाम आमने सामने हुने छन् । यो खेल सवा १ बजे सुरुहुने छ ।

पहिलो खेलमा दुवै टिम पराजित भएकाले आज जित निकाल्ने टोलीको प्रि क्वाटरफाइनल सपुग्ने सम्भावना कायमै रहन्छ । यस्तै, आजै अपरान्ह पौने ४ बजे घरेलु टोली अस्ट्रेलिया र नाइजेरिया भिड्ने छन् । समूह बीमा अस्ट्रेलिया दोस्रो स्थानमा रहेको छ । नाइजेरियाल तेस्रो स्थानमा रहेको छ ।

आजको खेलमा अस्ट्रेलिया विजयी भएमा प्रि क्वाटरफाइनलको स्थान पक्का गर्ने छ भने नाइजेरिया विजयी भएमा प्रि क्वाटरफाइनलकै सम्भावना कायमै रहने छ । यो समूहमा क्यानडा अहिले ४ अंकका साथ शीर्ष स्थानमा रहको छ । क्यानाडले नाइजेरियासँग बराबरी खेलेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस