वेस्ट इन्डिजले भारतलाई ६ विकेटले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८० श्रावण १४, आईतबार (१ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

साउन १४,काठमाण्डौँ । भारतसँगको दोस्रो एकदिवसीय क्रिकेटमा वेस्ट इन्डिज विजयी भएको छ ।

ब्रिजटाउनमा भएको खेलमा वेस्ट इन्डिजले भारतलाई ६ विकेटले हराएको हो । भारतले दिएको १ सय ८२ रनको सामान्य लक्ष्य वेस्ट इन्डिजले ८० बल अघि नै ४ विकेट गुमाएर भेटायो ।

वेस्ट इन्डिजका शाइ होपले नटआउट ६३ र केइसी कार्टीले ४८ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको भारतका लागि इशान किसनले सर्वाधिक ५५ र शुभमन गिलले ३४ रन बनाए । बलिङतर्फ वेस्ट इन्डिजका रोमियो शेफर्ड र गुण्डकेश मोतिले ३र३ विकेट लिए । जितसँगै वेस्ट इन्डिजले ३ खेलको शृङ्खला १(१ को बराबरीमा ल्याएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस